कार्यदलको प्रस्ताव लाई स्थायी कमिटीले निर्णय गरिसकेपछि मात्र नेकपा विवाद को टुंगो लाग्नेःअध्यक्ष प्रचण्ड

अर्घाखाँची डट कम सम्वाददाता
काठमाडौ 
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले नेकपा भित्र देखिएको बिवादको समाधान बिवाद समाधान गर्न बनेको कार्यदल ले पार्टीको स्थायी कमिटीको बैठकमा पेस गरिसके पछि स्थायी कमिटीको निर्णय बमोजिम मात्र अहिले नेकपा मा देखिएको समस्याकाे निकास परिणाम देखिने गरि आउने बताएका  छन। हिजो साझ एपि वन टेलिभिजन बाट प्रसारित चर्चित शो ब्राभो डेल्टा शो कार्यक्रममा कुरा गर्दै नेकपा बिवाद पद को लागि नभई नेकपा भित्र देखिएको सैद्धान्तिक,राजनीतिक एंव सांगठानिक आधारलाई मजबुत बनाउदै स्थायी कमिटीले दिएको कार्य दिशा अनुरुप केन्द्रीय समितिको बैठक मार्फत महाधिवेशनमा मार्फत यी आधार हरु लाई दिनको लागि भएको बताए ।सन्तुष्टि र सन्तोष बिकास को अवरोध  भएको र असन्तुष्टि ले मात्र विकासलाई गतिशीलता दिन सक्ने धारणा व्यक्त गरे।साथै उनले सरकार र पार्टीका काम कारबाही अपेक्षित रुप उपलब्धिमुलक हुन नसकेको र सरकार र पार्टीका काम कारबाही लाई प्रभावकारी बनाउने क्रममा पार्टी मा बिवाद देखिएको बताए ।करिब ४५ मिनेट लामो अन्तर्वार्ता मा आफू जहिले देश र जनता मा केन्द्रित रहि कार्य गरेको उल्लेख गरे।