केशवराज ज्ञवाली
छत्रदेब, अर्घाखाँची । हालका दिनमा युबाहरु सामाजिक दायित्व र धर्मसंस्कृति बाट टाढा हुँदै गैरहेको समयमा केही युबाहरु भने उदाहरणिय कार्यमा संलग्न भैरहेका छन् । कहिले समाजमा रहेका बेथिती विरुद्धमा ,दिन दुखी हरुको उद्दार मठ मन्दिर निर्माण जस्ता विभिन्न कार्यहरुमा युबाहरु सकृय देखिएका पनि छन् ।
यस्तै एउटा उदाहरण हुन छत्रदेबका युबा हिरामणी न्यौपाने । छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको बाहिगाउँ स्थायी घर भै हाल बुटवलमा हाउजिङ्ग ब्यबसाय गर्दै आएका युबा हिरामणी न्यौपानेले बडिरहेको धर्म पलायनको स्थिति बाट चिन्तित भएर आफ्नै गाउँ ताराखसेमा १५ तले आकाश देबि मन्दिर एकल लगानिमा निर्माण गराइरहेका छन । मन्दिर समिती संगको सल्लाह र समन्वयमा उनले ब्यक्तिगत लगानिमा उक्त मन्दिर निर्माण कार्य गरेका हुन् ।
अहिलेको अबस्थामा धेरै युबाहरु हिन्दु धर्म छोडेर अन्य बिदेशी धर्म र संस्कृति अङ्गाल्न थालेकोमा चिन्तित भएर हिन्दु धर्म प्रति आस्था र आकर्षक कायम राख्ने मुख्य उदेश्यले सो कार्य गर्न मन लागेको न्यौपानेले अर्घाखाँची डट्कमलाई बताए ।
बिश्वमानै तलाका हिसाबले १५ तले मन्दिर नभएको र यो मन्दिर बिश्वको पहिलो धेरै तलाहुनेमा पर्ने न्यौपानेको दाबी रहेको छ । प्यगोडा शैलीमा बनिरहेको सो मन्दिरको करिब ५० प्रतिशत काम सम्पन्न भैसकेको छ । काठमाडौ र छिमेकी भारत बाट आएका कुशल कारिगढ हरु सो मन्दिरलाइ सुन्दर र पुर्ण बनाउन कमर कसेर लागिरहेका छन ।सो मन्दिर पुर्ण रुपमा तयार गर्ने ब्यक्तिगत जिम्मेवारी लिएका न्यौपानेले निर्माण खर्च कति सम्म अनुमान गर्नुभएको छ भन्ने प्रश्नमा दान दिएको बस्तु हिसाब नगर्ने भन्दै खर्चको हिसाब नराखेको तैपनी सामान्यता एक करोड बढि खर्छ हुने अनुमान गरेको बताए ।
आफू स्वयं बिल्डर भएको कारण पनि जानकार रहेका न्यौपानेले मन्दिर निर्माणका क्रममा गुणस्तरिय सामान प्रयोग गर्दै भुकम्प प्रतिरोधी बनाएको र ८ रेक्टर सामाको भुकम्प आउँदासम्म सो मन्दिर नढल्ने बताए । मन्दिर निर्माण सम्पन्न भैसके पछि धेरै भक्तजन र पर्यटकको घुइँचो लाग्ने र त्यस बाट उठेको भेटि पनि समाज र दुखी गरिबको हितमा प्रयोग गर्ने उनले बताए ।
न्यौपानेका अनुसार मन्दिरमा भेटी बापत उठेको आम्दानी गाउँमा बेरोजगारी,गरिबी ,असहाय , अशक्त र अपाङ्गका क्षेत्रमा लगानी गरिनेछ ।साथै उद्धमिहरुलाइ बिना ब्याजमा ब्यबसाय गर्नको लागि रिण पनि लगानी गरिनेछ ।
धर्मका साथै साहित्य क्षेत्रमा पनि रुचि राखने युबा ब्यबसायी हिरमणि कथा ,कबिता, गजल मुक्तक पनि कोर्ने गर्दछन । समाजसेवा गर्दा आत्मशान्ती मिल्छ भन्ने न्यौपाने दर्जनौ सामाजिक संघ संस्थामा आवद्ध छन् ।






