संविधान (कबिता / गजल )


रबि पाैडेल, पाण्डेचरी 
संविधान लेखेको आज 
सात बर्ष लाग्यो 
तर जनता ले के पायाे ?
 बर्षाै काे लडाइँ 
सयाै काे रगत
जनताको माग 
गणतान्त्रिक संबिधान 
अक्षरमा अायाे 
तर देश ले के पायाे ? 
अनि,
जनता ले के पाए ?
२०७३ सात असाैज ३ गते
एक थान संविधान त अायाे 
तर ,
संविधान काे मर्म नेताले बुझ्न सकेनन
संविधान काे संवाद जनता ले चाख्न पाएनन् 
जसले संबिधान लेखे 
तिनले संविधान माथि टेके
जसले संविधान बनाए 
तिनै नेता हरु बढि गन्हाए !
 के भनुँ !
 न महिला हिंसा  राेकियाे
न जातिय हिँसा राेकियाे
निर्मला बलात्कार र हत्या र 
साेति घटनाले 
संविधान काे खिल्ली उडायाे ! 
खुसखाेरि र तस्करी लाई संविधान ले 
छुन सकेन!
भु माफिया ,डकैती लाई संविधान ले 
चिन्न सकेन !
 न त कालापानी बाट संविधान ले 
भारतीय सेना हटाउन सक्यो 
न त नेपाली भएर,
लिपुलेख र लिप्पियाधुरा स्वतन्त्र घुम्न सकियो ? 
फर्काउन सकेन हड्पेकाे जमिन 
संविधान ले 
माग्न सकेन अाफ्नै माटो संविधान ले 
संविधान कागज मा अायाे
र,ठेलि बन्यो ।
संविधान काठमाडौं मा अायाे 
संविधान नेताहरू काे पकेट मा अायाे 
न न्याय छ?
 न स्थिरता ?
 बिरता काे संविधान धराप मै छ 
खुसि र चैन नेतालाई अायाे
जनता ले खै के पायाे ?
 फेरि पनि ,
गणतन्त्र शब्द थपिएको ले 
संविधान प्रगतिशील मान्नुपर्ने 
संविधान अायाे भनी 
जनता मा बाड्नु पर्ने 
संविधान  सेताे छ या कालाे ? 
फेरि पनि जनता ले मान्नुपर्ने !