होला (कविता)


– यम लाल पौडेल 
जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,
कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, 
           वरपर साथीभाइको हालखबर सोध्दै खोज्दै
         उहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!
 घर लिप्ने बाटो खन्ने इतिहास भन्थे होला,
किनमेल गर्न मौलिपोखरा खर्ज्याङ पनि झर्थे होला,
           हरिया ती डाडा कांडा हेर्दै अनि सुम्सुमाउदै
     गाउँ घरका वर पिपल ले स्वागत पनि गर्थे होला !!
सरायं नाचमा वाख्खै खेल्दै म नि सामेल हुन्थे होला,
              मेरै गाउँ को कथा ब्यथा कवितामै भन्थे होला,
                         वरपर तलमाथि सपनामा मात्रै देख्छु 
    सक्दो सहयोग त्यो मन्दिर लाई पक्कै पनि गर्थे होला !!
खै किन हो आउन पाइन त्यो रमाइलो यहाँ छैन,
       वास्तविकता पोख्न मन छ तर यहाँ लेख्न भैन,
    मान्यजन लाई संझीराछु साथिभाइ लाई हेरि राछु
   विगतका ती यादहरु लाई कहिल्यै पनि भुल्ने छैन !!
इस्टमित्र आफन्त ले पनि आशा गरे होलान् ,
बिर्स्यो माया मार्यो भनी केही न केही भने होलान् ,
फुले जस्तो फल्दो रहिन्छ सोंचे जस्तो हुदो रहिन्छ
वास्तविकता जानेपछी पक्कै ठिक गर्यो भन्लान् !!
वास्तविकता जानेपछी पक्कै ठिक गर्यो भन्लान् !!!