हाम्रा नेता (कविता)


मनोज कोइराला 
हामी मुर्ख जनता नै , आशा धेरै नेताको गर्ने
गर्छ बिकाश नेताले भनि , नेताको नै शरण पर्ने
जो जोगी आए पनि कानै चिरेको,
नेपालका नेताहरुको यहि हो कथा
खै सुन्ने कसले गरिब जनताको दुख र व्यथा
कम्युनिष्ट गई काँग्रेस आउदा फेरी पनि आशै राख्ने
कतिचोटी एउटै भ्रस्टको हामी जनता चै शासन चाख्ने
पर्चे, झोली, छेरे, बाबु, नेता सबै कुर्सि मुखी
जनता मरे मरोस के को हुन्थे र ! इनि दुखि
बिदेशीको इशारामा नाच्छन् पापी दलालहरु
छन् हांसीखुसि आफू ,जनता मरे मरुन बरु
गुदी जति बेची सके भ्रस्ट भै खोक्रिएर
जनता बस्छन अझै सहि ,किन होला झोक्रिएर
एक जुगमा एक दिन एक चोटि आउछ रे ,
भन्थे भूपी शेरचन कबि
फेरिए युग कयौं खै , झुल्कीएनन कहिलै रबि
नेता को , नेता द्वारा , नेता को लागि शासन कति छाउने
जनता को , जनता द्वारा ,जनताको लागि शासन,खै कहिले हो आउने
तैपनि आशा लाग्ने बानि आशै गरि अझै बसौ
दलाल नेताको घाटी रेट्ने कल्की अबतार जन्मोस दसौ
दलाल नेताको घाटी रेट्ने कल्की अबतार जन्मोस दसौ