छत्रगंजको रातापोखरामा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता शुरु (तस्बिरहरु)

सागर महत
छत्रगंज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगंजको रातापोखरा खेल मैदानमा आज देखि अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा मन्तब्य राख्दै समन्वय प्रमुख शर्माले राष्ट्रको लागि खेलकुद ,स्वास्थ्य लागि खेलकुद भन्ने नारालाई साथमा राखी उत्पादन मुलक खेल क्षेत्रमा गाउँपालिकाले काम गरेकोमा धन्यवाद दिनुभएको हो।
गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले गाउँपालिकामा निर्माण भएको रातापोखरा खेलमैदनमा जिल्ला स्तरका खेलाडी मात्र नभई छिमेकी जिल्ला गुल्मी,प्युठान लगायतका जिल्लाका खेलाडीहरुको लागि सोहि खेलमैदना प्रभावकारी हुने बताउनुभयो ।गाउँपालिकाले जिल्लामा रङ्गशाला सहितको खेल मैदान निर्माण गरेको समेत बताउनुभयो ।
खेल क्षेत्रको समर्ग विकासको लागि वडा स्तरमा खेलाडी उत्पादनको लागि कार्यक्रम गरेको बताउनुभयो ।प्रत्येक वडा वडामा पनि वडा स्तरमा खेलिने खेल मैदान निर्माण गरिसकेको गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । खेलमा प्रथम हुनेलाई ५० हजार ,दृतिय ३० हजार ,तृतिय २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।
यस्तै २२ गते बाट वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने समेत प्रमुख प्रशासकिय अधिकृत पन्थले बताउनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष तथा छत्रदेव गाउँपालिका कांग्रेसका सभापति प्रकाशराज पन्थी,नेकपा एमालेका छत्रदेवका अध्यक्ष रामजी प्रसाद पाण्डे,माओवादी केन्द्र छत्रदेव गाउँपालिका अध्यक्ष रामलाल पराजुली,खेलखुद विकास समिति अर्घाखाँचीका पुर्व अध्यक्ष सिद्वी प्रसाद भुसाल,पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रममा गाउँपालिकाका १ देखि ८ सम्मका वडा अध्यक्ष लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन छत्रदेव ६ का वडा अध्यक्ष कमल पौडे्लको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु