छत्रदेव गाउँपालिका अध्यक्ष पदमा कांग्रेसबाट यम पाण्डेको उम्मेदवारी घोषणा

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट यम पाण्डेको उम्मेदवारी घोषणा गरेका छन् । 
छत्रदेव ४, केरुङ्गा निवासी युवा व्यवसायी यम पाण्डे गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
व्यवसायी पाण्डे विगत लामो समयदेखि काठमाडौंको सुकेधारामा प्रशंसा इन्टरप्राइजेजको नामबाट आफ्नो व्यवसाय संचालन गर्दै आएका छन् र आफ्नो क्षेत्रमा भएका कृयाकलापको सुक्ष्म ढंगले अध्ययन गरेका छन् । 
विगतमा भएका राम्रा कार्यहरुलाई निरन्तरता दिंदै अझै उत्कृष्ट र सवल गाउँपालिका बनाउनका लागि आफूसँग नयाँ भिजन रहेको कुरा पनि अर्घाखाँची खबरसँगको कुराकानीमा बताए साथै समाजसेवामा रमाउन चाहने र आफ्नो वुवा इश्वरी प्रसाद पाण्डेको प्रेरणा पाएका व्यवसायी पाण्डे  नेतृत्व तहमै रहेर समाजसेवा गर्न आतुर रहेको बताए । आफूले टिकट पाएको खण्डमा सहज रुपमा निर्वाचित हुने समेत बताएका छन् ।

अन्य समाचारहरु