ठुलापोखरामा चाैवाटार सिंचाइ याेजनाकाे समुद्घाटन कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका – ६ ठुलापोखरामा चाैवाटार सिंचाइ याेजनाकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
ठुलापोखरामा चाैवाटार सिंचाइ याेजनाकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 
नव निर्मित चौवाटार सिंचाई आयोजनाको  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले उदघाटन गर्नु भएको थियो । 
 कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता डाक्टर रामबहादुर बिसि छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ छत्रदेव गाउपालिका का प्रमुख प्रसाशकिय अधिकृत भेषराज पन्त लगाएत जनप्रतिनिधि हरु कर्मचारी हरु नेताहरुको सहभागीता रहेको छ ।
 कार्यक्रममा गुणस्तरीय काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी कविराम खनाललाई सम्मानित गरिएको थियो । 

अन्य समाचारहरु