एमाले छत्रदेव-काठमाडौं सम्पर्क मन्च कमिटीको कमिटी निर्माण तथा चुनावी कार्यक्रम सम्पन्न

निरु आचार्य नवरश्मी 
काठमाडौं (अर्घाखाँचीडट्कम) ।  नेकपा एमाले छत्रदेव काठमाडौं  सम्पर्क मन्च कमिटीको नव कमिटी निर्माण कार्यक्रम सम्पन्न  भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज झबिन्द्र पाण्डेले  स्थानीय तहकाे निर्वाचन केन्द्रीकृत राजनैतिक प्रशिक्षण दिएका थिए । छत्रदेव पालिकामा नेकपा एमालेकाे विकल्पमा अन्य कुनै राजनीतिक पार्टी नरहेकोले जित सुनिश्चितता भएकोले आम जनतामा मतदातालाई वर्तमान गठबन्धनका राष्ट्रघाती कार्यक्रमका बारेमा स्पष्ट तरिकाले बताउनु पर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित रहेका सम्पूर्ण अतिथि तथा वक्ताहरुले छत्रदेव गाउँ पालिकाकाे वर्तमान राजनैतिक सस्कार नभएकोले पनि यसकाे अभ्यास गराउनका लागि पनि नेकपा एमालेले विजय प्राप्ति गर्नुकाे विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा निर्वाचन परिचालन तथा सहजीकरण गर्नका लागि धर्मेन्द्र अर्याल  को अध्यक्षतामा  छत्रदेब काठमाडौं सम्पर्क मंच  कमिटी निर्माण गरिएको छ ।
कार्यक्रमकाे अध्यक्षता कबिराज पोखरेल  र कार्यक्रम सन्चालन तथा सहजीकरण सुभाष ज्ञवालीले गर्नु भएको थियाे । उक्त कार्यक्रम मा अर्घाखाँची काठमाडौं सम्पर्क मन्चका अध्यक्ष विशाल मिश्र , सचिब बिष्णु कुवर , पुर्ब अर्घाखाँची काठमाडौं सम्पर्क विद्यार्थी कमिटी अध्यक्ष  तथा राजनैतिक अगुवा  प्रकाश ज्ञवाली  लगायतकाे उपस्थिति रहेकाे थियोे ।
कार्यक्रममा छत्रदेव  स्थायी ठेगाना रहि काठमाडौं मा विभिन्न पेसा व्यवसाय गरेर बसिरहेका ५० भन्दा बढि नेकपा एमाले सम्बद्ध अगुवा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियोे ।

अन्य समाचारहरु