छत्रदेव गाउँपालिकामा एमालेले धमाधम उम्मेदवार चयन गर्दै, वार्ड १ ज्ञवाली, -३ खनाल र ४ मा भिमलालको उम्मेद्बारी

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ । 
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि छत्रदेव गाउँपालिकामा नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।
छत्रदेब गाउँपालिका वडा नम्बर ०१ को वडा अध्यक्षपदका लागि काजी बाबू ज्ञवाली  सर्वसम्मत उम्मेदवार चयन भएका छन ।
पहिले एमालेको क्षेत्रीय कमिटिको उपाध्यक्ष  पदमा रहेर काम गरेका ज्ञवाली शिक्षक पदको जागिर बाट राजीनामा दिएर राजनीति मा सक्रिय भएका थिए । जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन । सक्रिय रहदै आएका ज्ञवालीले नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।
“समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका ज्ञवाली ले चिदिकामा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उनले  नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।
वार्ड नम्बर ३ को वार्ड प्रतिनिधि छनोट कार्यक्रम आज सम्पन भएको छ। नेकपा एमालेको तर्फबाट आउँदो स्थानीय निकायको चुनावको अध्यक्षको लागि  तेज प्रसाद खनाल , सदस्यहरुमा सुमित्रा भुसाल पंन्त , सीता बिक, डिलाराम लामिछाने , लेखनाथ पान्डे आइतबारे ,सर्बसहमत छनोट हुनु भएको छ । 
यस्तै छत्रदेव-४ मा उम्मेदवार चयन गरेको छ ।  
नेकपा एमाले छत्रदेव  वार्ड  नम्बर – ४ 
अध्यक्ष : भिमलाल खनाल 
महिला सदस्य खुल्ला : कमला सारु 
महिला सदस्य दलित : शारदा  बि.क.
खुल्ला सदस्य  :  प्रकाश बन्जाडे
खुल्ला सदस्य : रामचन्द्र गौतम 
वार्ड ६ मा 
अध्यक्ष : नेत्र प्रसाद गैरै
महिला सदस्य खुल्ला नुम कुमारि भट्टराई
महिला सदस्य दलित : मिना परियार
खुल्ला सदस्य  : नेत्र पौडेल
खुल्ला सदस्य : प्रेम थापा

अन्य समाचारहरु