बल्कोटको मथुरा बेसीमा थेरसर मेसिन पल्टिदा डिभर्नाका २३ वर्षिय एक युवाको मुत्यु

अनिल नेपाली 
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका वार्ड नम्बर ३ बल्कोटको मथुरा बेसीमा थेरसर मेसिन पल्टिदा एक युवाको मुत्यु भएको छ । 
मथुरा बेसीमा आज लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थेरसर मेसिन  काम गर्ने क्रममा भौगोलिक संरचनाका कारणले डिसव्यालेन्स हुन गई पल्टिदा सन्धिखर्क १२ डिभर्नाका २३ बर्षीय निरन बि.सी को घटनास्थलको मुत्यु भएको छ हो । 
 सोही क्रममा ट्याक्टर चालक कृष्ण मुखिया छत्रदेब गाँउपालिका वडा न ३ का ४१ बर्षीय खिम ब कुमाल घाईते भएको र स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सृजन विक्रम शाहले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु