बल्कोटका एक बालकको आगलागीमा परि भारतमा मृत्यु

सागर महत
बल्कोट, अर्घाखाँची । भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ ।
रोजगारिको लागि भारत गएका छत्रदेव गाउँपालिका वडा नम्बर ३ बल्कोटका १४ वर्षिेय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका नगर कमिटीका सचिव तारा सोमरेले जानकारी दिनुभयो ।
आगलागिको समयमा उनि बाहिर निस्कन नसक्दा घटनास्थलमै मृत्यु भएको हो ।उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान बचाएको बताईएको छ । 
१ महिना अघिदेखि सोहि राम चाट भण्डारमा मुखियाले काम गदै आएको सचिव तारा सोमरेले बताउनुभयो ।

अन्य समाचारहरु