छत्रदेव गाउँपालिकाको प्रमुखमा विवेकशील साझाका पशुपति पाण्डेको उम्मेद्बारी, गठबन्धन र एमालेलाई चुनौती

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको प्रमुख पदका लागि विवेकशील साझा पार्टीका एक युवाले उम्मेद्बारी दिएका छन् । 
विवेकशील साझा पार्टीका उद्यमी युवा पशुपति पाण्डेले छत्रदेव गाउँपालिकाको प्रमुख पदका लागि उम्मेद्बारी दिएका हुन् । 
पाण्डेले उम्मेद्बारी दिए लगतै छत्रदेव गाउँपालिकामा उनको आक्रामक नाराहरुका कारण चर्चा चलेको छ । भने ५ दलिय गठबन्धन र एमालेलाई चुनौती दिएका छन् । 
यस्तै विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेले छत्रदेव केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा ५ उदेश्य रहेका छन् जसमा क्रमश: १. प्रत्येक घरमा नियमित आम्दानीको सुनिस्चितता। २. अस्पतालमा डाक्टरद्वारा चौबीसै घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा। छत्रदेव बासिको लागि पुर्णतः निशुल्क स्वास्थ्य सेवा। ३. प्रत्येक बिधालयमा निशुल्क गुणस्तरीय शिक्षाको सुनिश्चितता। ४. प्रत्येक घरमा प्रयाप्त खानेपानीको सुनिस्चितता। ५. प्रत्येक वडाका मुख्य सडकहरू नाली काटेर ग्रावेलको सुनिश्चितता र कालोपत्रेको लागि बिशेष पहल गर्ने लगायत रहेका छन् । 
यस्तै पाण्डेले चुनावी घोषणापत्रमा प्रत्येक घरमा नियमित आम्दानीको सुनिस्चितता भन्ने उल्लेख गरेका छन् । डट्कमसँग उनले भने; “प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनै पनि राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसैदेखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानीको शुनिस्चित गर्नेछु ।”
छत्रदेव गाउँपालिकामा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।
उता ५ दलिय गठबन्धनले अहिलेसम्म भागभन्डा मिल्न नसकेर आफना उम्मेद्बार अहिलेसम्म सार्वजनिक गरेको छैन् ।  
जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमालेले प्रमुख पदका लागि ३ जनाको नाम   सिफारिस गरेको छ । 
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँको नाम   सिफारिस गरेको हो । 
यस्तै उपाध्यक्षमा मनि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पाेख्रेलको नाम  सिफारिस गरेको छ ।  

अन्य समाचारहरु