छत्रदेव गाउँपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

गणेश खनाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएकाे छ ।
 
कार्यालय स्थापना कार्यक्रम गाउँपालिका अध्यक्ष लेखनाथ प्राेखरेलले निर्वाचन धाधलीरहित,निष्पक्ष तरिकाले सम्पन्न गर्न पालिकाकाे तर्फबाट पुर्ण सहयाेग गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे ।
 
कार्यक्रम गाउँपालिका उपाध्यक्ष तुलसादेवि श्रेष्ठ,नेकपा एमालेका अध्यक्ष रामजि प्रसाद पाण्डे,नेपाली काग्रेस सभापति प्रकासराज पन्थि,नेकपा माअाेवादीका अध्यक्ष रामलाल पराजुली,राजमाे अध्यक्ष खिमनारायण पाण्डे लगाएले अाचारमा प्रतिवद्वता जाहेर गर्नुभएकाे थियाे ।
 
निर्वाचन अधिकृत निराजन शर्माकाे अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु