छत्रदेवमा पहिलो दिन राप्रपाबाट अध्यक्ष, उपाध्यक्ष र ४ वार्ड अध्यक्ष तथा १ स्वतन्त्रबाट उम्मेदवारी दर्ता

अनिल नेपाली 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा २०७९ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारको मनोनय सुरु भएको छ । 
अर्घाखाँचीका ६ स्थानिय तहमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्नेसक्ने कार्यतालिका आयोगले बनाएको थियोे जस अन्तगंत अर्घाखाँची  जिल्लाको छत्रदेव गाउँपालिकामा गाउँपालिका अध्यक्ष राप्रपाका  गाेपाल  प्रसाद पाण्डे  उपाध्यक्ष रेखा कुबर सहित अन्य ३,६,७,८ वडा अध्यक्ष सहित एक जना सदस्य का लागि राप्रपाका नेताले उम्मेदवारी दिनुभएको छ । 
यस्तै एकजना स्वतन्त्र उम्मेदवारी गरि  करिब आठ जनाले उम्मेदवारी दिईएकाे निर्वाचन अधिकृत निराजन शमांले जानकारी दिनु भएको छ । 

अन्य समाचारहरु