छत्रदेव – ८ मा स्वतन्त्र उम्मेदवारी दिने सचिन पाण्डे कांग्रेसबाट निस्कासन

अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ मा नेपाली कांग्रेसको उम्मेदवारी चयनलाई लिएर युवा नेता सचिन पाण्डेले पार्टी पदबाट राजिनामा दिएका छन् । भने स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेलाई कांग्रेसले निस्कासन साधारण सदस्य नहरने गरी निक्कासन गरेको छ । 
 पार्टीले स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीबाट निक्कासन गरिने बताएको छ । पार्टी सभापति केशब श्रेष्ठले पार्टी विरुद्द गर्नेलाई उतिबेला नै निक्कासन बताएका छन् ।
समाजसेवी समेत रहेका उनको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ मा कांग्रेसबाट वार्ड अध्यक्ष पदमा उठने चर्चा थियो । उता जिल्लाभर कांग्रेसको उम्मेदवारी चयनलाई लिएर व्यापक असन्तुष्टि भएका छन् ।
पाण्डेले लेखेका छन्:-

हाम्रो समाज हाम्रो वडा हामी बनाउंछौं।।
एउटा बाटो मात्रै बन्द भएको हो अरु बाटाहरु खुल्लै छन अबको बाटो स्वतन्त्रको साथ सपोर्ट र समर्थनका लागि सबैलाई अनुरोध गर्दछु।।
#जय देश जय मातृभूमि।।


सबै गुमाएर एउटा सामान्य कार्यक्रर्ता भएर जिन्दगी भरि पार्टिले दिएका काम गर्न जुनसुकै बेला पछि हटेन जनता र युवाको माग अनुसार काठमाडौं को सुविधा सम्पन्न बसाइँ र परिबार छोडि गाउँमा आएर पार्टी बाटै जनताको प्रतिनिधि बनी जनताको सेवा गर्छु भनी लागिरहे अन्ततः बिहान 10बजे बाट बसेको एउटा मिटिङ अहिले आएर कार्यदलले हिजै उम्मेदवार टुङ्गाएको छ भनी घोषणा गरियो।।यस्तो कोठे र दुर्गन्धित राजनीतिमा मलाई फस्नु छैन चाहे हिजो महाधिवेशनमा होस् चाहे यो स्थानीय चुनाव म माथि बारम्बार गरिएको यस्ता अन्याय लाई म जत्तिको जनता बुझेको र जनता संग नजिक भएको युवाले सहेर बस्न सकेन त्यसैले छत्रदेव ८ काङ्ग्रेस बाट बिदा लिने निर्णय लिएको छु।काङ्ग्रेस बाट लिएको एउटा सदस्य बाहेक अरु म संग केही छैन उक्त सदस्य खारेजी गरिदिन भोलि नै सभापति समक्ष निबेदन पेस गर्ने छु।।
सदस्य खारेजी पछिको मेरो स्वतन्त्र जिवन कसरी अगाडि बढाउने भोलि मात्रै निर्णय लिने छु धन्यवाद।।।।

अन्य समाचारहरु