छत्रदेवका गठबन्धन उम्मेदवार चन्द्रमान श्रेष्ठ भने; शिक्षा र स्वास्थ्यमा सुधार गरी बजार पलायन रोक्नु पहिलो प्राथमिकता

दीपक भुसाल | अर्घाखाँची डट्कम संवाददाता
 
छत्रदेव, अर्घाखाँची ।  छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका लागि नेता चन्द्रमान श्रेष्ठको उमेद्वारी दर्ता संगै शिक्षा र स्वास्थ्य को क्षेत्रमा मा सुधार गरि पलायन युवा जनशक्तिलाई गाउँमै स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। 
गाउँपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेर श्रेष्ठले उमेद्वारी दर्ता पछि शिक्षा र स्वास्थ्य क्षेत्र को वैज्ञानिक व्यवस्थापन र विकासले मात्र आर्थिक,सामाजिक र राजनीतिक विकास संभव हुने भएकोले आफ्नो पहिलो प्राथमिकता यी दुई क्षेत्रमा रहने प्रतिक्रिया दिए।
समयको माग अनुसार विश्वव्यापीकरण र स्थानीयकरणलाई एकै साथ अगाडि बढाउनु पर्ने अहिलेको सन्दर्भमा गुणस्तरीय  शिक्षा र स्वास्थ पुर्वशर्तको रुपमा रहने भएकोले र यिनैको विकास माफर्त दिगो विकास संभव हुने भएकोले आफुले शिक्षा र स्वास्थ लाई प्रमुख एजेण्डाको रुपमा अगाडि बढाएको बताए ।
उनलेे शिक्षा र स्वास्थ प्रमुख प्राथमिकता को विषय हो तर अरु विकास का पक्षहरू लाई पनि उत्तिकै रुपमा महत्त्व का साथ अगाडि बढाउनुपर्नेछ तर शिक्षा र स्वास्थ को विकासको माध्यम बाट नै अरु पक्षलाई तिव्र रुपमा अगाडि बढाउन सकिने भएकोले र गुणस्तरीय शिक्षा र स्वास्थको अभावमा धेरै जनशक्ति पलायन भएको,रोजगारी सिर्जना हुन नसकेको कारण यसलाई पहिलो प्राथमिकता दिएको जिकिर गरे।
हाम्रो जस्तो देश नेपाल को लागि ग्रामिण क्षेत्र  गहना हो ।अझ कृषि प्रधान देश भएकोले हामीले सोच्ने र विकास गर्ने भनेको ग्रामिण क्षेत्रलाई हो ।देशलाई समृद्ध बनाउन शहरीकरण र ग्रामीण विकास  दुबैको संगसगै विकास हुनु जरुरी छ तर शहरकेन्द्रित विकास को कारण गाउँको जनघनत्व घट्दै गएको कारण जनताको गाउँ प्रतिको आकर्षण घट्दै गएकोले त्यसलाई रोक्नु मेरो पहिला देखि चिन्ताको विषय भएकोले गाउँबाट पलायन क्रिम युवा जनशक्ति लाई गाउँमा नै सेवा र विकास गर्ने वातावरण सिजर्ना गर्न मेरो उम्मेदवारी रहेको हो।उनले थप प्रष्ट पारे। 
पुर्वाधार विकास मात्र सोचेको छैन।पुर्वाधार विकास स्वाभाविक विषय हो।समयक्रम संगै विकास निमार्ण का कार्यहरु  हुदै जान्छन।मैले सोचेको सभ्य र सुसंस्कृत समाज हो।छत्रदेवबासीहरुको आर्थिक,सामाजिक तथा सास्कृतिक विकास हो।जस बाट छत्रदेव गाउँपालिका ले जिल्ला, देश मात्र हैन विदेशमा पनि आफ्नो पहिचान स्थापित गर्न सकोस भन्ने उदेश्य हो।जसको लागि सार्वजनिक सेवाप्रवाहमा पारदर्शिता,जवाफदेहीता र मितव्ययितालाई प्रमुख आधार बनाई सुशासनको प्रर्वद्धन मार्फत सेवाप्रवाह सरल र सहज बनाउने, तथा भौतिक विकासलाई सबैले अनुभूति गर्न सक्ने गरी काम गर्न आफ्नो जीवनभरको अनुभव प्रयोग गर्ने श्रेष्ठको भनाई थियो ।
स्थानीय युवा नेता हरि पौडेल प्रस्तावक रही दर्ता भएको मनोनयनमा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता तथा समर्थकहरुको उत्साहजनक उपस्थिती रहेको थियो । कांग्रेस एकढिक्का भएर चुनावी प्रचारमा होमिएको र श्रेष्ठको छत्रदेव गाउपालिकामा स्वच्छ ,इमान्दार,विकासप्रेमी र अनुभवी  व्यक्तिगत छबिका कारण पनि निर्वाचन शानदार तरिकाले जित्ने कांग्रेसले दावी गर्दै आएको छ ।

अन्य समाचारहरु