अर्घातोषमा गठबन्धन- एमालेको रातभर दोहोरो भिडन्त, दुवैपक्षबाट घटनाको निन्दा

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर -८ अर्घातोषमा नेकपा एमाले अध्यक्ष उमेद्वार दिपक पन्थी माथि हातपात भएको भन्दै जिल्ला कमिटीले प्रति खेद व्यक्त गरेको छ । 
भिडन्तमा घाइते 
अर्घातोष बजार नजिकै गएराती गठबन्धन दल कांग्रेसका कार्यकर्ताहरुले एमाले अध्यक्ष उमेद्वार दिपक पन्थी माथि हातपात भएको भन्दै जिल्ला कमिटीले प्रति खेद व्यक्त गरेको हो । एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले एक प्रेस विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् । 
उता कांग्रेसले घटनामा आफ्नो पार्टीको कुनै संलग्तना नरहेको दावी गरेको छ ।  कांग्रेसका तर्फबाट छत्रदेव गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार चन्द्रमान श्रेष्ठले गएराती अर्घातोषमा भएको घटना दुखद भएको भन्दै सबैलाई संयमित हुन आव्हान गरेका छन् ।  उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्तना नरहेको बताएका छन् । आजको सचेत युगमा पनि राजनीतीक विषयलाई लिएर भौतिक आक्रमण र मुठभेडमा उत्रिनु लज्जास्पद भएको उनको भनाई छ ।
साथै उक्त घटनामा केही व्यक्ति तथा समुहले जबरजस्ती नेपाली कांग्रेसको संलग्नता देखाउन खोजेको भन्दै त्यसतर्फ आप्mनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 
साथै सामाजिक संजालमा कसैले गर्ने नियोजित दुस्प्रचार र टीकाटीप्पणीतर्फ सचेत रहन उनले आफ्ना नेता कार्यक्रर्ता तथा शुभेच्छुकहरुलाई आग्रह समेत गरेका छन् । 
कांग्रेस स्वच्छ चुनावी प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको र आफू पंचायतदेखि हालसम्मका निर्वाचनमा अग्रपंतिमा रहेको स्मरण गर्दै आममानिसमा त्रास फैलाउने तथा अनुचित किसिमले मतदाता प्रभावित पार्ने तत्वहरुबाट विचलित नभई सजगता र उच्च मनोवलका साथ निर्वाचन गतिवीधिमा लाग्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । 
घटना
खानेपानी वितरण गर्ने विषयमा स्वास्थ्यकर्मी र नेकपा (एमाले) वडा सदस्यका उम्मेदवारबीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका–८ मा रहेको अर्घातोष स्वास्थ्यचौकी इन्चार्ज विष्णु पौडेल र खानेपानी वितरणको जिम्मा पाएका एमालेबाट छत्रदेव वडा ८ का वडा सदस्यका उम्मेदवार हुमा श्रेष्ठबीच बिहीबार साँझ ८ बजेतिर अर्घातोष बजारमा कुटाकुट भएको हो ।
श्रेष्ठ र पौडेलसहित ६ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
घटनामा एमाले स्थानीय नेता नेत्रलाल पाण्डे, विजय कुँवर, मानबहादुर बस्याल र यमबहादुर विक पनि घाइते भएका छन् । पहिलेदेखि नै श्रेष्ठ र पौडेलबीच व्यक्तिगत रिसइबी थियो । लिफ्ट गरेर संकलन गरेको पानी वितरण गर्ने क्रममा उनीहरुबीच भनाभन हुँदा कुटपिट भएको हो । श्रेष्ठ पानी वितरण गर्ने जिम्मेवारीमा छन् । उनलाई एमालेले ८ नम्बर वडा सदस्यको उम्मेदवार बनाएको छ । स्वास्थ्यकर्मी पौडेल माओवादी केन्द्रका कार्यकर्ता हुन् । पौडेलले चुनाव प्रचार पनि गर्दै आएका थिए ।
छत्रदेवमा चार दलीय गठबन्धनबाट कांग्रेसका चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा कांग्रेसकै इन्दिरा भुसाल र एमालेबाट अध्यक्षमा दीपक पन्थी, उपाध्यक्षमा मनि पन्थी उम्मेदवार छन् ।

अगाडिको पोस्ट:-
पानीको सामान्य विषयले शुरु भएको विवादले उग्र रुप लिँदा नेकपा एमाले र माओवादी केन्द्रका कार्यक्रर्ताबीच झडप भएको छ । गएराती साढे आठ बजे भएको घटनामा अर्घातोष स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल र एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ घाइते भएका छन् । शुरुवाती कारण अन्य देखिएपनि राजनीतीक टकरावकै कारण मुठभेड भएको स्थानीयले बताएका छन् ।
पौडेल माओवादी केन्द्र निकट हुन् । उनको मुख र टाउकोमा चोट लागेको छ । पौडेललाई राती नै उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याईएको छ । पुरानो रिसीवीका कारण पौडेलमाथि नियोजित रुपमा एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ लगायतको जत्थाले आक्रमण गरेको उनको पारिवारीक श्रोतको भनाई छ ।
झडपमा एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ पनि घाइते भएका छन् ।  छत्रदेव ०८ को गैराटोलमा चुनावी अभियानकै क्रममा पौडेलले श्रेष्ठलाई ढुङ्गा हानेका एमालेको दावी छ ।  श्रेष्ठको मुखमा चोट लागेको छ । झडप अर्घातोष प्रहरी चौकीनजिकै भएको हो ।
झडपपछि दुवै पक्षले एकअर्काविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पौडेलको तर्फबाट ज्यान मार्ने उद्योग गरेको आरोपसहित निवेदन दर्ता भएको छ भने, नेकपा एमालेका गाउँपालिका अध्यक्ष पदका उमेद्वार दीपक पन्थीको तर्फबाट आफ्नो समुहमाथि चौकी परिसरमै आक्रमण गरेको भनी कारबाही निवेदन दर्ता भएको छ ।
चौकीमा रहेका सबै जनशक्ति विवाद मिलाउन निस्केको बेला पन्थीसहितको टिम कार्यालय आएकोले त्यसबखत भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी अर्घातोषका प्रहरी नायव निरीक्षक मान बहादुर ज्ञवालीले बताए । पौडेल र श्रेष्ठसमुहबीच झडप भएको स्थान प्रहरी चौकीबाट करिब १०० मिटरको दूरीमा रहेको छ ।
चौकीमा जम्मा ६ जना प्रहरी भएकोले पनि शुरुकै विवाद मिलाउन र थप दुर्घटना रोक्न सबै जनशक्ति खटिएको प्रहरी नायव निरीक्षक मान बहादुर ज्ञवालीको भनाई छ । “हामी थप ठूलो दुर्घटना नहोस् भनी त्यहाँ निस्किएका थियौँ, त्यही बेला गाउँपालिका अध्यक्ष पदका उमेद्वार ज्यूहरुको (पन्थी  )समुह आएको रहेछ त्यहाँपनि तनाव उत्पन्न भएको थाहा पाउनासाथ हामी खटियौँ । उनले भने केहीबेरपछि दुवैतर्फका कारबाही निवेदन परेका हुन् ।
छत्रदेवको उक्त वडामा कांग्रेस र माआवादी केन्द्रले आउँदो चुनावका लागि तालमेल गरेका छन् भने घाइते पौडेलकी श्रीमती सावित्रा पौडेल वडा सदस्य पदका लागि उमेद्वार रहेकी छन् ।
अर्घातोष स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल

अन्य समाचारहरु