छत्रदेव गाउँपालिकामा १५५०५ अर्थात ६३.८१ प्रतिशत मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण मतदान सम्पन्न भएको छ। यहाँ मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।  
छत्रदेवका ८ वार्डका मतदानस्थलमा मतदाताहरु आज शुक्रबार बिहान ७ बजेखि   बेलुका ५ बजेसम्म मतदान गरेका थिए । 
२४ हजार २ सय ९९ मतदाता रहेको छत्रदेव गाउँपालिकामा १५  हजार ५  सय ५  अर्थात ६३.८१ प्रतिशत मत खसेको छ । जसमा महिला ८   हजार ३   सय १५ र पुरुष ७  हजार १   सय ९० रहेका छन् ।   

अन्य समाचारहरु