काँग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठकाे छत्रदेव – ८ अर्घातोसमा समेत एमालेले जित्यो

हरिप्रसाद भुसाल / जेठ १, अर्घाखाँची 
अर्घाखाँची जिल्लामा स्थानिय तहकाे निर्वाचनकाे मतपरिणाम दिनप्रतिदिन राेचक बन्दै गैरहेकाे छ ।
२०७४ काे स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले जितेका किल्लाहरुमा नेकपा एमालेले धावा बाेलिरहेकाे छ ।
जिल्लाका ६ मध्ये ४ मा अग्रता लिईरहेकाे एमालेले नेपाली काँग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठकाे वडामा समेत जित निकालेकाे छ ।
काँग्रेसकाे लामाे विरासत ताेड्दै छत्रदेव गाउँपालिका वडा नं ८ अर्घातोसमा भीष्म कुँवरले प्रतिद्वन्दि एमालेका उम्मेदवारलाई ७५ मतले पछाडि पार्दै १०४६ मतका साथ जित हात पारेका हुन् ।

अन्य समाचारहरु