छत्रदेव गाउँपालिकाकाे प्रमुखमा कांग्रेसका चन्द्रमान श्रेष्ठ र उप-प्रमुखमा एमालेकी मनी पन्थी विजयी

लक्ष्मण घिमिरे 

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ७ हजार चारसय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुईसय २४ मत पाउन सफल भए ।

अध्यक्ष जितेका श्रेष्ठ नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला उपसभापती, जिल्ला विकास समिती सदस्य हुँदै हाल महाधिवेशन प्रतिनिधी छन् । अर्घाखाँचीका अन्य स्थानियतहमा मतगणनाको अवस्था हेर्दा कांग्रेस कमजोर देखिएपनी छत्रदेवमा विजय हुँदा कांग्रेस कार्यकर्ता खुशी भएका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।

यस्तै उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेद्वार मनी पन्थी ७ हजार ५ सय १९ मतका साथ विजयी भएकी छिन् । नेपाली कांग्रेसका उम्मेद्वार ईन्दिरा भुसाललाई २ सय ८४ मतले पछी पार्दै पन्थीले जित हात पारेकी हुन् । भुसालले ७ हजार दुईसय ३५ मत ल्याएकी थिईन् ।

अन्य समाचारहरु