केरुङाको साजबोट कार्की डाँडाकी ९ वर्षिया बालिका मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ केरुङाको साजबोट कार्की डाँडाकी एक बालिका मृत फेला परेकी छिन् । 
साजबोट कार्की डाँडाकी सुमित्रा कुमालकी ९ वर्षकी छोरी अस्मिता कुमाल आज बुधवार बिहान करिब ९ बजेको समयमा मृत फेला गरेकी हुन् ।
प्रहरीले बालिकाले आत्महत्या गरेको हुन सक्ने बताएको छ ।  
उक्त बालिका आत्महत्याको कारण बुबाको निधन पहिलेनै भएको परिवारमा अहिले  आर्थिक कमजोरीको कारणले बालिकाले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक  अनुसन्धान भईरहेको बल्कोट प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु