छत्रदेवमा रेडक्रसद्वारा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम संचालन

आशिस विक
छत्रदेव(अर्घाखाँचीडट्कम) । छत्रदेवमा रेडक्रसद्वारा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम संचालन भएको छ । 
छत्रदेवमा रेडक्रसद्वारा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम संचालन भएको हो ।
 
नेपाल रेडक्रस सोसाइटीको सहकार्य र रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (क्ष्ँच्ऋ) को आर्थिक सहयोगमा कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजना अन्र्तगत पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने २ दिने तालिम नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका जिल्ला शाखाका उप–सभापती  कैलाश श्रेष्ठज्यूको अध्यक्षतामा संचालन भएको थियो । उक्त तालिममा प्रमुख अतिथी  सार्बजनिक माध्यमिक विद्यालयका प्रधानाध्यपक  प्रेम नारायण पाण्डेज्यू र विषेश अतिथीमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाका उप–कोषाध्यक्ष  नवराज रायमाझिज्यू रहनु भएको थियो तालिम श्री सार्बजनिक माध्यमिक विद्यालय छत्रदेव–५ को हलमा सम्पन्न भएको थियो ।
 
उक्त तालिमको उद्घाटन प्रमुख अतिथी प्रेम नारायण पाण्डेज्यू र नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाका उप–सभापती  कैलाश श्रेष्ठज्यूले ब्यानर बाचन गरेर गर्नु भएको थियो र तालिममा उपस्थित सहभागिहरुलाई स्वागत मन्तब्य नेरेसो अर्घाखाची जिल्ला शाखाका उप–कोषध्यक्ष  नवराज रायमाझिले गर्नु भएको थियो र कार्यक्रम संचालन नेरेसो जिल्ला शाखाद्धारा संचालित कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजनाका फोकल पर्सन श्री बिवेक पोखरेलज्यू गर्नु भएको थियो ।
तालिमको सहजिकरण लुम्बिनी शाखाका वास अधिकृत शंकर भट्टराई, कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजनाका फोकल पर्सन श्री बिवेक पोखरेल र छत्रदेव–५ का  कृष्ण बहादुर दर्जिले गर्नु भएको थियो ।
 
तालिमका सहभागीहरुले पुनःप्रयोगजन्य स्यानीटरी प्याड र कपडाबाट निर्मित माक्स बनाउने र आगामी दिनहरुमा यो कार्यलाई निरन्तरता दिनु साथै विभिन्न निकायहरुसंग समन्वय गरि स्थानीय स्तरमै कपडाको पुनःप्रयोगजन्य प्याड र माक्स बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । तालिमको अन्त्यमा पुनःप्रयोगजन्य स्यानीटरी प्याड र कपडाको माक्सकालागि आवश्यक पर्ने सामग्रीहरुको लागतका बारे छलफल गरी आ–आफ्नो ब्यवसायीक योजना तयार गर्नु भएको थियो भने सोको बारेमा छलफल गर्नु भएको थियो ।
 
२ दिने तालिमको समापन कार्यक्रममा सहभागीबाट  रेनु थापा मगर र  रेखा सुनारले तालिम उपयोगी रहेको र आगमी दिनमा यो सिकाईलाई निरन्तरता दिने र यो तालिम संचालन गर्ने रेडक्रसलाई सबै सहभागिको तर्फबाट धन्यवाद दिनु भएको थियो त्यसै गरि नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाका उप–कोषाध्यक्ष  नवराज रायमाझिले तालिम सिकेको सिप आगमी दिनमा ब्यवसायीक रुपमा अगाडी बढाउन हौसला प्रदान गर्नु भएको थियो भने नेरेसो अर्घाखाची जिल्ला शाखाका उप–सभापती  कैलाश श्रेष्ठले तालिम उत्साह जनक रुपमा सफल भएको र आगामी दिनमा यसलाई निरन्तरता दिनु हुने छ भन्दै सबै सहभागिहरुलाई धन्यवाद दिदै तालिमको समापन गर्नु भएको थियो ।

अन्य समाचारहरु