छत्रदेव गाउँपालिकामा अध्यक्ष चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष पन्थीबीच टकराब | गाउँसभा अन्योलमा

अस्लम अलि 
छत्रदेव, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । 
नीति तथा कार्यक्रम र बजेट तथा विषयगत समितिमा अध्यक्षले एकलौटी गरेको भन्दै उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले विरोध गरेपछि गाउँसभा अन्योलमा परेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ र नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष मनि  पन्थीबीच विशेषत सामाजिक बिकास समिती लगायत विषयमा  टकराब बढेपछि बहुमत कार्यपालिका सदस्यले गाउँसभा बहिस्कार गरेका थिए । जसले ६ दिनअघि रोकिएको गाउँसभा कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
गाउँसभामा एमालेको बहुमत भए पनि उपाध्यक्ष तथा अन्य कसैसँग सल्लाह नगरी अध्यक्षले एकलौटी गरेकाले यस्तो अवस्था आएको हो । 

अन्य समाचारहरु