छत्रदेबमा बाँदर लखटने क्रममा एक जनाको मृत्यु ।

केशब पन्थी /अर्घाखाची डट्कम 
        छत्रदेब गाउँपालिकामा बांदर लखेट्ने क्रममा लडेर एक जनाको मृत्यु  भएको छ । छत्रदेव गाउपालिकाको वार्ड नम्बर ४ केरुगाका टंक खनाल आफ्नो बारिमा पसेको बाँदर धपाउने क्रममा घाइते हुनुभएको थियो ।
 उहाँको  उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको छत्रदेब वार्ड नम्बर ४ का  स्थानीय समाजसेवी गिरिबाबु खनालले बताउनु भएको छ।   छत्रदेबमा  प्रत्येक वर्ष  बदेल ,बाँदर धपाउने क्रममा धेरैको अन्नबालि क्षति हुनुका साथै ज्यान समेत  गुमाउनु परेको छ। 
 गाउँपालिकाबाट बाँदर नियन्त्रण गर्नको लागि  आफू पुर्ण रूपमा लाग्ने  जनप्रतिनिधिहरुले  बताएपनी ,अहिलेसम्म स्थानीय कृषकहरुले बाँदर आंतकबाट छुटकारा पाउन सकेका छैनन्।
आज सम्म छत्रदेव लगायत अर्घाखाँची जिल्लाभर बादंर आतंक नियन्त्रण  नारामा मात्रै सिमित रहेको छ ।

अन्य समाचारहरु