कृष्ण परीयार ,बुटवल।
साओमी कम्पनीको रेड्मी १० ए पाल्पामा आधिकारिक विक्री शुभारम्भ गरिएको छ।
आईतबार एक कार्यक्रमको आयोजना गरी पाल्पा जिल्लाको लागि आधिकारिक विक्रेता श्री आरएस ईलेक्ट्रोनिक्समा विक्रि शुभारम्भ गरिएको प्रोपाइटर रिन्कु लिगलले बताए ।
रेडमी १० ए मा १३ मेगापिक्सलको डुअल क्यामेरा रहेको छ, भने व्याट्री ५ हजार एमएएच रहेको छ । २ जिबी र्याम ३२ जिवी स्टोरेज रहेको मोवाईलको १३ हजार ९ सय ९९ मुल्य निर्धारण गरिएको छ। ३ जिबी र्याम ६४ जिवी स्टोरेज मोवाईलको मुल्य १५ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।