काठमाडौं – अर्घाखाँचीका स्थानिय तहमा पछिल्लो समय देखिएका समस्याहरुको कारण र समाधानमा आधारित काठमाडौँमा आज आयोजित जोडिनुस जिल्लासँगको कार्यक्रममा सहभागी भएर जिल्लाका विभिन्न पार्टीका नेताहरुले आफ्ना विचार तथा सुझाव दिएका छन् ।
त्यसै क्रममा नेपाली कांग्रेस अर्घाखाँचीका नेता,सेयर विज्ञ तथा समाजसेवी ताराप्रसाद फुल्लेल,त्रिभुवन विश्वविद्याल उपप्रध्यापक,स्थानीय तह शासन सत्ताबारे अध्ययन गरिरहेका युवा विश्लेषक ,बौद्दिक तथा शैक्षिक व्यक्ति वाइपी आचार्य, नया एफएम अर्घाखाँचीका प्रमुख,स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका पुर्व अध्यक्ष तथा विभिन्न सामाजिक सस्थाहरुमा आवद्ध युवा समाजसेवी तथा जिल्लाका गतिविधिबारे विश्लेषण गर्ने बिश्लेषक हरिप्रसाद भुषाल, सामाजिक अभियान्ताहरु क्रमश: केवल ज्ञवाली, धर्मेन्द्र अर्याल,भरत भुषाल, इश्वर बन्जाडे, बिमल चौहान, केपि भुषाल, मोहित मुनाल, राजन भुषाल, हिमाल पाण्डे, मदन नेपाल, झबिन नेपाल , विद्यार्थीहरु पारस भट्टराई, अशिम रायमाझीहरु सहभागी भएका थिए ।
सो कार्यक्रमको सहजीकरण गर्ने अभियन्ता सुभाष ज्ञवाली र जिल्लामा स्थानीय तहका गतिविधि अध्ययन गर्ने मनोज सापकोटा लगायतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमबाट प्रस्तुत सुझाव,विचार र प्रश्न सम्बन्धित स्थानिय तहका जनप्रतिनिधि समक्ष पुर्याउने र थप छलफल गर्ने निर्णय भएको जानकारी डट्कमलाई गराएका थिए।