छत्रदेबमा गाउसभा हुन सकेन बिकासप्रती नेता र पाटिहरु गम्भिर भएनन, पालिका बासिमा निराशा ।

  
  केशब पन्थी , अर्घाखाची डट्कम ।
 अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा असार मसान्त भित्र  हुनु पर्ने गाउसभा नहुदा ,आगामी  योजना र वार्षिक बजेट गाउ सभाबाट पारीत हुनु पर्नेमा राजनीतिक दलगत स्वार्थले गर्दा अहिले साउन महिना सकिन लाग्दा सम्म गाउसभा हुने शुरसार देखिदैन।
यसै क्रममा हाम्रा सम्बाददाताले छ्त्रदेवमा अहिले सम्म गाउसभा बस्न नसक्नु र आगामी पालिकाको योजना रणनिती के छन भनेर सोधेका छन। 
– प्रस्तुत छ ,पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठउपाध्यक्ष मनिषा शर्मा पन्थी सग गरेको कुराकानीको छोटो अन्श –   
 
अहिले  यो पालिकाको अभिभावक हुनुहुन्छ ,  तपाईंको भुमिका  कस्तो रहेको छ ? 
गापा अध्यक्ष – म सबैलाई मिलाएर लैजाने पक्षमा छु । अब सबै समिति निर्माण ,बजेट ल्याएपछि मात्र हुनेछ।  
  
 – किन अध्यक्ष संग तपाईंको  बजेट ल्याउने बिसयमा सहमति हुन सकेन ? 
गापा उपाध्यक्ष –   सामाजिक बिकास समिती लगायतका समिति निर्माण अहिलेनै गरि अगाडि बढनु पर्छ ।  आफू सधै छिटोभन्दा छिटो बजेट ल्याउने पक्षमा रहेको बताउनु भयो ।
अन्तिममा , छत्रदेब गाउँपालिका प्रशासकीय अधिकृत भेषराज पंन्थसग गरेको कुराकानी-

 तपाईंले पालिकाको बजेट निर्माणमा कुनैपनि समन्वयकारी भुमिका निभाउनु भएन भने चर्चा छ, सहजीकरण पनि राम्रो देखिएन भन्ने छ खास कुरा के हो ? 
प्रशासकीय अधिकृत –  हामी कर्मचारीबाट हुने सबै भुमिका पूरा गरेका छौ। तपाईंहरु जनताका प्रतिनिधिहरु जनमत लिएर आउनु भाको छ मिलेर आउनु भनेको छु भन्नुहुन्छ। छत्रदेबबासीहरु अहिले समयमा बजेट नआउँदा चिन्तित छन। यहाँका जनता अहिलेको अवस्था  देखेर आउने चुनावमा समेत विकल्प खोज्ने अवस्थामा रहेका छ्न।  अब यस्तो अनिर्णयको बन्दी बनाउनु हुदैन छिटोभन्दा छिटो पालिकाको बजेट ल्याउनु पर्ने देखिन्छ ।त्यसको लागी हाम्रो प्रयास जारी छ। 

अन्य समाचारहरु