

आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ । दाहालले जनताको आकर्षण आफ्नो पार्टीप्रति व्यापक रुपमा बढेको सुनाए । साथै, उनले अहिलेपनि वाम एकताको प्रयास पनि जारी रहेको सुनाए ।
उनले भने,‘ वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना छ, पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’ उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन गरिने पनि सुनाए । उनले पार्टीका नयाँ विचार र कार्यदिशालाई दृष्टिगत गरेर नेताहरु अघि बढ्न आवश्यक रहेको बताए।



