– अर्घाखाची डट्कम ,सम्बाद्ददाता ।
काठमाडौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) हालै बसेको सचिवालय बैठकले उक्त पार्टीका युवा नेता आलोक रायमाझीलाई पार्टी स्थायी समिति सदस्यमा चयन गरेको छ ।
को हुन् आलोक रायमाझी ?
आलोक रायमाझी माओवादी जनयुद्ध बाट आएका चर्चित कमान्डर समेत हुन् । उनी बिगत २४ बर्ष देखि पुर्णकालिन (Whole Timer) नेता हुन् ! उनी नेकपा माओवादी हुँदै केन्द्रमा केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य हुँदै नेकपा (माओवादी केन्द्र) पुनर्गठन पछि, गोपाल किराती अध्यक्ष र आलोक उपाध्यक्ष भए ।
गोपाल किराती पछि उनी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन बाट सर्वसम्मत अध्यक्ष भए । उनी दुई कार्यकाल अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत हुन् ।
सर्वोच्च अदालतको निर्णय पछि नेकपा विघटन भयो, नेकपा (माओवादी केन्द्र) प्रचण्ड लाई दिइयो, आलोक रायमाझी नेतृत्वको नेकपा (माओवादी केन्द्र) लाई नाम परिवर्तन गर्दै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) मा रुपान्तरण गरियो ।
उक्त आलोक रायमाझी नेतृत्वको (एनेकपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकता भयो । उक्त एकता पश्चात् अहिले समायोजन प्रक्रिया चलिरहेको थियोे ।