माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।
आज महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन।  पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखिएको छ ।
प्रतिनिधि सभामा भट्टराईको पार्टीका पाँच जना सहित एक सय १० र प्रदेश सभामा दुई सय २० गरी तीन सय ३० जनाको नाम पेस गरिएको महासचिव गुरुङले बताए।  ।