नेकपा एमाले र ओलि राजाबादी शक्ति संग मिलेर ब्यबस्था माथि धावा बोलिरहेका छन : महामन्त्री सिंह ।

– केशवराज ज्ञवाली
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले एमाले राजाबादी शक्ति संग मिलेर ब्यबस्था खतम पार्न लागिपरेको आरोप लगाएका छन । प्रगतिशिल पत्रकार संगठनले आज अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा उनले एस्तो बताएका हुन । नेता सिंहले कुन पार्टीको सरकार भन्ने कुरा गौण रहेको र आफुहरुको मुख्य उदेस्य  प्रतिगमन पराजित गर्नु रहेको दावी गरेका छन । 
 देश प्रतिगमनको खतरामा रहेको भन्दै मोहन बिक्रम सिंहले  कथम कदाचित प्रतिमागी हरु बिजयी भए भने ब्यबस्थामाथि नै आक्रमण हुने चिन्ता ब्यक्त गरे । देशमा गणतन्त्र स्थापना भए देखिनै राजाबादी शक्तिहरुको चलखेल बढ्दै गएको तर त्यो चलखेल ओलिको सहयोगमा अहिले झन सक्रिय भएको भन्दै सिंहले १७ र ५९ सालको भन्दा खतरा अहिले भएको जनाए ।  उतिबेला राजा एक्लै प्रतिगमन गर्थे भने अहिले देशी बिदेशी सबै एकजुट भएर प्रतिगमन गर्न उद्दत हुँदै त्यसको  नेतृत्व एमालेले गरिरहेको उनको आरोप छ ।
अधिक्ततम समय ओलिमाथी खनिएका सिंहले नेकपा  एमाले र ओलि धर्म निरपेक्षताको बाटो छोडेर हिन्दु राष्ट्र र राजतन्त्रको बाटोमा उद्दत भएको गम्भीर आरोप पनि लगाए  । 
गठबन्धनको औचित्य प्रस्ट पार्दै सिंहले जवजव देशमा प्रतिगमन हुन्छ तब सबै मिलेर प्रतिगमन परास्त गरेको नेपालको ईतिहास भएको भन्दै अहिले त्यही अनुरुप एकजुट हुन परेको बताए  । पाच दलिय गठबन्धन समाप्त गर्न देशी बिदेशी शक्ति सहित एमाले लागिपरेको पनि उनको आरोप छ । 
स्थानिय चुनावमा गठबन्धनको तालमेल नीति पुर्ण सफल हुन नसकेको तर अहिले त्यो अवस्था आउन दिन नहुने उनले बताए। गठबन्धन बिच सिट भागबन्डा मिल्न नसक्नुमा हैसियत भन्दा बढी माग दाबी भएको उनको भनाइ छ तर आफुहरुले यथार्थ धरातलमा रहेर सिट माग गरेको सिंहको भनाइ रहेको छ ।
कुनै कारण बश तालमेल भत्किएमा एमालेको पोल्टामा जनमत जाने र त्यो देश र जनताको लागि खतरा हुने र देश बर्वादी तर्फ धकेलिने पनि सिंहको दावी रहेको छ । 
पत्रकारहरुको जिज्ञासा्को जवाफ दिदै नेता सिंहले एमसिसी र नागरिकता बिधेयकको आफुहरुले बिरोधनै गरेको बताए । आफुहरुले संसदमा मात्र नभएर संसद बाहिर  पनि सशक्त रुपमा बिरोध जनाएको बताए । नागरिकता बिधेयक र एमसिसिको बिशयमा एमालेको भित्रै देखि समर्थन रहेको तर बाहिर जनमत बटुल्न मौन भएको आरोप पनि सिंहले लगाए ।
 परिवारबादको आरोप आरोपको लागि मात्रै भएको पनि नेता सिंहको भनाइ छ । कति पटक चुनाव उठ्ने र संसद भवन जानेभन्ने बारेमा संसारमा कहि नियम नभएको र  पार्टिकोनीति नियम र कार्यकर्ताले पार्टिमा गरेको योगदानमा भर पर्ने उनले बताए ।  
राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुलाइ चुनाबी प्रशिक्षण दिन सिंह अर्घाखाँची आएका हुन उनले हिजो असोज ३ र ४ गते आफ्ना कार्यकर्ताहरुलाइ निर्वाचन केन्द्रित प्रशिक्षण दिएका हुन ।