मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रद्वारा छत्रदेवमा राहत बितरण ।

 – केशवराज ज्ञवाली
 मल्लरानी ग्रामिण बिकास सरोकारा केन्द्र शाखा कार्यालय सन्धिखर्कले छत्रदेवमा राहत बितरण गरेको छ ।
 केन्द्रले एच आइ भि तथा क्षयरोग स्कृनिङ्गमा सहभागी भएका बिपन्न परिवारलाइ राहत प्रदान गरेको हो ।
परिक्षणमा सहभागी भएका ३४ जना बिपन्न ब्यक्तिहरुलाइ छत्रदेव गाउपालिकाको कार्यालयमा पुगेर चामल , दाल , केराउ , तेल , साबुन , अन्डा , आलु , प्याज र नुन लगायतका खाद्यसामग्री पालिका प्रतिनिधि र कर्मचारिको रोहबरमा बितरण गरेको हो ।
 राहत बितरण कार्यक्रममा छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनि पन्थी ,प्रमुख प्रशासकीय अधिकृत  भेषराज पन्थ,संस्थाका उपाध्यक्ष डोर प्रसाद पोखेरेल,संस्थाका शाखा कार्यलय सन्धिखर्कका 
कार्यक्रम अधिकृत गिता भुसाल ,सामुदायिक कर्याकर्ता अन्जुला गन्धर्व,अर्घाखाँची मिडिया हाउस का संचालक मेहर सिंह के सी लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु