गायिका सिन्धु जलेसा ,बिनोद चौधरीसँग भिड्ने, हृदयेशले पाएनन् एमालेको साथ

 जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सुर्य चिन्हबाट चुनाव लड्न अश्वीकार गरेपछि नेकपा एमालेले अन्तिममा गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीलाई पश्चिम नवलपरासी १ बाट उम्मेदवार बनाएको छ ।
ad
अघिल्लो पटक एमालेको चिन्हबाट लडेका त्रिपाठीले यसपटक आफूलाई एमालेले सघाउनुपर्ने तर सुर्य चिन्ह नलिने भनेपछि जिल्लाका एमाले कार्यकर्ताले त्रिपाठीलाई सुर्य चिन्ह नलिए सहयोग नगर्ने निर्णय गरेका थिए । त्रिपाठी सुर्य चिन्हबाट नलड्ने भएपछि अन्तिममा आफ्नै उम्मेदवार खडा गरिएको हो ।
२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी सिन्धुले अब अर्बपति ब्यापारी बिनोद चौधरीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । अन्तिम समयमा निर्णय भएकाले आफ्नो उम्मेदवारी आकस्मिक रहेको उनले बताइन् ।
सिन्धुसँगै अब एमालेबाट महिला उम्मेदवारको संख्या १२ भएको छ । एमाले सबैभन्दा बढी महिला उम्मेदवार उठाउँने प्रमुख दल बनेको छ । सो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले तीनवटै सीटमा उम्मेदवार उठाएपछि संघ र प्रदेशमा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवार उठाएका छन् ।नेपाल प्रेसले उल्लेख गरेको छ।