बिकास र समृद्धिको प्रभाव प्रत्येक नागरिकको घरमा पुग्न आबस्यक छ – नेतृ पुष्पा भुसाल


– केशब राज ज्ञवाली , अर्घाखाची डट्कम। 

अर्घाखाँची – जिल्लाको बिकास र समृद्धिको अनुभूतिको आभाष  सामान्य नागरिकको घर घरमा पुग्न पर्ने  र त्यो अनुभूति दिलाउन आफुहरु लागिपरेको  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं अर्घाखाँची बाट प्रतिनिधि सभाका उमेदवार पुश्पा भुसालले बताएकी छन ।  उनले अबको राजनिती बिकास र आर्थिक समृद्धि संग जोडिएको हुनाले युवा बर्गको भावना समेटेर अगाडि बढ्नुपर्ने  बताइन । अर्घाखाँची डटकम संगको बिशेश कुरानिका क्रममा उनले यस्तो बताएकी हुन ।
अर्घाखाँची भित्र रोजगारी सृजना गरेर नै बिदेश पलायन रोक्न सकिने , उधोग , पर्यटन , कृषि , जडिबुटीको बिकास बाट रोजगारिको सृजना गर्न  सकिने र यसो गर्न सकेमा जिल्लाको बिकास टाढा नरहेको भुसालले बताइन । बिदेशी लगानिको सुरक्षा र सुनिस्चिततामा आफू प्रतिबद्द रहेको पनि उनले बताइन । 
          गोरुसिङें सन्धिखर्क सडक जिल्लाको बिकास संग जोडिएको र  त्यो बाटोले जुन खालको परिणाम दिनुपर्ने हो त्यही खालको नतिजा आउन नसकेको अवस्था उनले स्विकार गरिन । अब आगामी बजेट निर्माण गर्दा उक्त सडकको गुणस्तर सुधार मुख्य उदेस्यहारु मध्ये नै पारेको पनि भुसालले बताइन । जिल्लाका अन्य मुख्य सडकहरुको लागि पुर्णरुपमा काम गर्ने पनि उनको भनाइ छ ।
   सुपा देउराली मन्दिर , बल्कोट पौवा , मथुरा लाम्पाटिले अर्घाखाँचीलाई चिनाएको भन्दै नेता भुसालले अर्घाखाँचीलाई पर्यटन मार्फतनै समृद्धि दिलाउन सकिने भन्दै सबै क्षेत्रको बिकासको लागि अहोरात्र खटिरहेको र सधै खट्ने बताइन ।
नेतृ भुसालले सन्धिखर्क – गोरुसिङे सडक , घुम्टी पाल्पा सडक सालझन्डी ढोरपाटन सडक जिल्ला अस्पतालको स्तरोन्नती  गर्दै मेडिकल कलेज बनाउन सकिने अवधारणा , शिक्षा संगै रोजगार , प्राबिधिक शिक्षाको बिकास , भ्रस्टाचारमा शून्य सहनशिलता ,  जिल्लामा आएका रकम सहि सदुपयोगमा निगरानी गर्ने आफ्ना योजना हरु रहेको पनि भुसालले बताएकी छन । 
ad
अब अर्घाखाँचीका जनताले बिवेक पुर्याएर मत दिने  भुसालको  भनाइ छ । जिल्लाका मतदाताहरुले आफुलाइ तत्कालिन क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित गरेको स्मरण गर्दै अब समग्र जिल्लाको नेतृत्व गर्दै जिल्ला संगै देशको बिकासमा योगदान गर्ने अवसर जनताले दिने बिस्वास ब्यक्त गरेकी छन ।