लाकुरी भञ्ज्याङमा पार्टी घोषणापत्र लेख्दै एमाले अध्यक्ष ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न चुनावको लागि पार्टीको घोषणापत्र लेख्न व्यस्त छन्।
 लाकुरी भञ्ज्याङमा पार्टी  घोषणापत्र लेख्दै  एमाले अध्यक्ष  ओली
मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ओली शनिबार ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।
 लाकुरी भञ्ज्याङमा पार्टी  घोषणापत्र लेख्दै  एमाले अध्यक्ष  ओली
ओली एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका उनको सचिवालयले जनाएको छ।
 लाकुरी भञ्ज्याङमा पार्टी  घोषणापत्र लेख्दै  एमाले अध्यक्ष  ओली
सचिवालयका अनुसार ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेका छन्।
तस्बिरहरुः एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय।