काठमाडौं । यस वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ । आज अक्टोबर १६ तारिखबाट देशको समग्र भू-भागबाट बाहिरिएको हो।
नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भूभागबाट हिजो बारिरिएको थियो ।
आजबाट प्रदेश १बाट पनि मौसम बाहिरिएसँगै यस वर्षको मनसुन सकिएको छ । यस वर्ष नेपालमा मनसुनजेठ २२ गते अर्थात जुन ५० मा नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको थियो ।
नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको हो ।