छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी ठुलापोखरा वारियर्सलाइ

– सागर मरासिनी , छत्रदेव ।
 अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा छत्रदेव क्रीकेट बिकास समितीको आयोजनामा  यहि कार्तिक ६ गते देखि संचालन भएको छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी  ठुलापोखरा वारियर्सले हात पारेको छ ।
यस  अघि भएका पहिलो र दोस्रो संस्करणको उपाधी पनि ठुलापोखराले नै जितेको थियो भने यो तेस्रो संस्करण को खेल हो ।
टस जितेर  रोयल चिदिकाले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । 
पहिला ब्याटिङ गर्दै ठुलापोखरा वारियर्स ले  ६ विकेट गुमाएर १४०    रन हानेको  थियो। १४१ रनको लक्ष्य पछ्याएको रोयल चिदिकाले    आफ्ना सम्पुर्ण विकेट गुमाएर जम्मा  १०३ रन बनाएको थियो । 
१५ ओभर को फाइनल खेल ठुलापोखरा वारियर्स र रोयल चिदिका बिच भएको थियो ।
ठुलापोखरा वारियर्स , अर्घातोष इभोलुसन , रोयल चिदिका र कालिका वारियर्स समावेश भएको खेल छत्रदेव रंगशाला रातामाटामा संचालन भएको थियो ।

अन्य समाचारहरु