रविको खर्च सार्वजनिक, अब कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने घोषणा

 

 

 

काठमाडौं । रवि लामिछानेले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो निर्वाचन खर्च ११ लाख ८१ ४७२ रुपैयाँ लागेको आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छ ।

उनी चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी भएको खर्च सार्वजनिक गरेका हुन । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए । कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् । सबै संघ संस्थाहरुको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा सहभागी नहुने बताएका छन् ।

भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी नहुने समेत जानकारी गराएका छन। ५० मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको समेत उनले जानकारी गराएका छन।

images

प्रत्यक ४र४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिनका लागि भने उन आफै उपस्थित हुनेछन । कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने नलिने घोषणा गरेका छन। सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्ने बताए।

images