शिवमदन मा बि अड्गुरी ले मनायो ५२ औ बार्षिक उत्सव तथा अभिभावक दिवस

 

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-प्रकाश प्युठानि। 

पाणिनी गाउपालिका वडा न ७ अड्गुरी सतिनेटामा रहेको श्री शिवमदन मा.बी ले ५२ औ बार्षिक उत्सव मनाएको छ । साथै शिवमदन मा.बी बाट अनिवार्य अवकाश हुनु भएका शिक्षक रामराज पन्थी लाई बिदाइ गरेको छ साथै माबी राष्ट्रिय परिक्षा बोर्डको कक्षा १२ को परिक्षामा पाणिनी गाउपालिका मै उत्कृष्ट भएको थियो ।

No description available.

बिद्यालयले कक्षा १२ मा अध्यापन गराउनु हुने शिक्षकहरुलाई समेत सम्मान गरेको छ। यसले अझै आगामी दिनहरुमा उर्जा थप्ने कुरा प्र .अ राजेन्द्र पौडेलले बताउनु भयो। कार्यक्रममा पबित्रा देबि छात्रवृत्ति बाट जिल्लामा कक्षा १२ मा जिल्ला प्रथम हुने बाबुराम अधिकारी जनज्योति मा बि का बिध्यार्थी लाई रु दस हजार, कक्षा १२ बिद्यालय प्रथम हुने हिमाल थापा लाई रु आठ हजार साथै एस इ मा बिद्यालयबाट प्रथम हुने शोभा सुनारलाई सात हजार पबित्रा देबि छात्रवृत्ति दिइएको ,उक्त छात्रवृत्ति प्रा .डा .मोहन पन्थी तथा डा. इ सुदन पन्थीले उपलब्ध गराउदै आउनु भएको छ।

No description available.

यसैगरी गोदार माता पिता अक्षय कोषबाट कक्षा ८ प्रथम प्राबिधिक प्रथम र अनुसासित विद्यार्थी लाई गोदार मातापिता छात्रवृत्ति दिइएको छ।

No description available.

images

यसैगरी ज्ञानहरी छात्रवृत्ति कक्षा ११ का ब्यबस्थापन तर्फ उत्कृष्ट बिध्यार्थीलाईदिइएको छ। कार्यक्रमको अध्यक्षता बिद्यालय का प्र .अ राजेन्द्र पौडेल को रहेको सो कार्यक्रममा प्रमुख अतिथि पाणिनी गाउपालिका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी,कार्यक्रमको बिशिस्ट अतिथी मान बहादुर घले ,मेघ बहादुर गोदार ,रामराज पन्थी साथै

No description available.

images

अतिथिहरुमा तुल्सी पौडेल, रुद्र महत्रा ,पदम महत्रा ,मनिराम आचार्य, बिनोद खड्का लगाएत बि ब्या स पधादिकारी शिक्षक अभिभावक संघका पधादिकारी शिक्षक अभिभावक बिधार्थीको उपस्थिति रहेको थियो।

No description available.

images

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कृष्ण प्रसाद खनालले राख्नु भएको थियो ,भने बिद्यालयको बार्षिक प्रतिबेदन तथा आय ब्यय बिद्यालय का प्र .अ राजेन्द्र पौडेल ले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य अतिथी तुल्सी पौडेलले राख्नु भएको थियो।

No description available.

पौडेलले बिद्यालयको प्रगतीको लागि गर्नु पर्ने सहयोगमा आफू पछि नहट्ने बताउनु भएको छ, त्यसै गरि प्रमुख अतिथी समेत रहनु भएका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले शुभकामना मन्तव्य राख्दै  बिद्यालयको भौतिक, आर्थिक कुनै पनि सहयोग स्थानीय तहबाट हुने ,आफुले गर्न सकिने कुरामा आफू पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको थियो।

No description available.

Nepal life insurance

साथै कार्यक्रममा शिक्षक गुणानिधी न्यौपानेको कबिता र शिक्षक बाबुराम पाण्डेको गजल र विद्यार्थीहरु को गित तथा नृत्यले कार्यक्रम रोचक बनेको  कार्यक्रम शिक्षक सीता बन्जाडेलको सन्चालनमा सम्पन्न भएको थियो।