उपनेता र प्रमुख सचेतक चयन गर्न जनमत पार्टीकाे बैठक बस्दै , सिके राउत संसदीय दलको नेतामा चयन

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । जनमत पार्टीको दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) बैठक बस्ने भएकाे छ ।

Nepal Life Insurance

बैठक बिहान १० बजे बस्ने जनमत पार्टीका नेता वीपी साहले बताउनुभएकाे हाे । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन गरेकाे छ । बैठकले सर्बसम्मत रुपमा दलको नेतामा राउतलाई चयन गरेको हो ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी हुनुभएकाे थियाे । – इमेज