विद्यार्थी आकर्षणको केन्द्र बन्दै शान्ति माध्यमिक विद्यालय

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-अनिल नेपाली,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको उत्तरी क्षेत्र मालारानी गाँउपालिका वडा न ५ मा रहेको शान्ति माध्यमिक विद्यालयले गाउँमै दक्ष तथा प्राविधिक उत्पादनमा जोड दिएपछि यहाँका विद्यार्थी खुसी भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित मालारानी गाँउपालिका वडा न ५ मा रहेको शान्ति माध्यमिक विद्यालयले स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिएको हो ।

No description available.

विद्यालयलाई बहुप्राविधिक विद्यालय बनाउने योजना रहेको र त्यसै अनुरूप कामको थालनी भएपछि प्राविधिक शिक्षा प्रति विद्यार्थीहरुमा आकर्षण बढेको हो । प्राविधिक शिक्षालाई बोली खानेभन्दा गरी खाने शिक्षा रुपमा मान्यता दिई आएको छ ।

पछिल्लो समयमा गरिएका विभिन्न तथ्यांकले पनि गरी खाने शिक्षा भनि प्राविधिक शिक्षा लाई चिनाएको छ । जसले गर्दा विद्यार्थीहरुमा आकर्षण बढ्दै गएकोे छ।

No description available.

विद्यालय र विश्वविद्यालयमार्फत उच्च शिक्षा हासिल गरेपछि रोजगारीको ग्यारेन्टी नहुने तर प्राविधिक शिक्षा पढेर कम समयमा पनि रोजगारीका अबसर सिर्जना हुने भएपछि विद्यार्थीहरुमा आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक मान ब पाण्डेको भनाई रहेको छ । विद्यालयले विगत केही बर्ष देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा पठाउन थालेको र विद्यार्थीहरुमा आकर्षण बढेको विद्यालयका सहायक प्रधानाध्यापक माबध भुसालकोे भनाई रहेको छ ।

विधालयले साधारण शिक्षा दिने विद्यार्थी पढाइ सकाएर बेरोजगार भइ खाडी मुलुकमा वैदेशिक रोजगारीको लागि जान बाध्य हुन थालेपछि प्राविधिक शिक्षाको महत्व बढेको हो ।

No description available.

प्राविधिक शिक्षा लिए पछि के गरी खान सहज हुने भएकाले पनि त्यसतर्फ विद्यार्थीको आर्कषण बढेको छ । त्यसैले शिक्षासँगै युवाहरूलाई स्वरोजगार वनाउने र स्थानीयस्तर मै व्यवसायिक बनाउने उद्देश्यले प्राविधिक विषयहरू अध्यापन गराउन सुरु गरिएको विद्यालयले जनाएको छ ।

‘गाउँमा एसलएसी तथा एसइइ उत्तिर्ण विद्यार्थीहरू प्राविधिक विषय अध्ययन गर्न सहर जानुपर्ने बाध्यता अन्त्य गर्न गत बर्ष देखि विद्यालयले प्राविधिक शिक्षालाई जोड दिने प्रयास गरेको विद्यालयले कम्युटर ईन्जिनियर कक्षा ९ देखी १२ सम्म सुरु गरेको प्रध्यानाध्यपक मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरु टाढा टाढा बाट व्युठान गुल्मीबाट आउने गरेको साधारण तर्फ भन्दा प्राविधिक शिक्षा प्रति विद्यार्थीहरुको उच्च चाप रहेको छ।