कालिका नेपाल राष्ट्रिय माध्यमिक विधालय मालारानीको अभिभावक भेला एबम शैक्षिक अन्तरकृया कार्यक्रम सु – सम्पन्न

 

 

– राम प्रसाद बन्जाडे ,अर्घाखाची डट्कम।

कालिका नेपाल राष्ट्रिय माध्यमिक विधालय मालारानी -४ खन , लुटिपोखरिको प्राङ्गणमा २०७९ को दोस्रो त्रैमासिक नतिजा प्रकाशन , अभिभावक भेला एबम शैक्षिक अन्तरकृया कार्यक्रम सु – सम्पन्न भएको छ ।

No description available.

शिक्षक श्री प्रदिप खनालको सन्चालन ,विधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री गङ्गाराम खनालको अध्यक्षता र कालिका नेपाल राष्ट्रिय माध्यमिक विधालय ब्यवस्थापन समिति र मालारानी गाउँपालिका पुर्ब अध्यक्ष श्री बालकृष्ण शर्मा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा

No description available.

शिक्षक श्री सुर्य कुमार खनालले स्वागत , शिक्षक श्री माधब भुसाल , विधालय ब्यवस्थापन समितिका सदस्य श्रीमति सरस्वता खनाल ,श्री लक्ष्मण पोख्रेल , श्री ऋषिराम पोख्रेल र अभिभाबकका तर्फबाट श्री बिष्णु पन्थीले मन्तब्य ब्यक्त गर्नुका साथै अन्य अभिभाबकबाट सुझाब सल्लाह प्राप्त भएको थियो ।

No description available.

यसका साथै प्रधानाध्यापक श्री भुवन प्रसाद खनाल, बिशिस्ट अतिथी विधालय ब्यवस्थापन समितिका सदस्य तथा मालारानी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष श्री बिष्णु प्रसाद पोख्रेल, प्रमुख अतिथी श्री बालकृष्ण शर्मा आचार्य र विधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री गङ्गाराम खनालले मन्तब्य राख्नु भएको थियो ।