गोठमा आगलागी हुँदा ५ लाखको क्षति

 

 

1903-x-650_1.jpg

 

-हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ६ डाडाखर्क एक गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ ।

 

 

डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति करिब १२ बजे एक्कासी आगो लागि पूर्ण रूपमा नष्ट भएको छ।

एक दुहुनो भैंसी ३ ब्याउने बाख्रा जलेर मृत्यु भएका छन् । आगो के कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको समाजसेवि गङ्गा बिकले जानकारी दिएका हुन ।