पाणिनि- ८ पालिमा प्रहरी चौकी भबनको सिलन्यास सम्पन्न ।

 

-मेहर सिंह केसी , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न.८ को पालिमा नबनिर्मित प्रहरी चौकी भबनको एक कार्यक्रमका बिच सिलन्यास सम्पन्न भएको छ । पाणिनि गाउँ

पालिकाका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रूपमा सिलन्यास गर्नु भएको छ। सिलन्यास कार्यक्रममा पाणिनि गाउँपालिका वडा न.७ का वडा अध्यक्ष गुनाखर अधिकारी वडा न. ८ का वडा अध्यक्ष रोम बहादुर पान्डे साइड इन्जिनियर प्रनि बिमल कार्की ,जिल्ला प्रहरी कार्यालयका लेखापाल ओम खड्का , निर्माण ब्याबसायी बिजय खनाल , पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य ,जिल्ला अध्यक्ष अशोक खनाल तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।

संघिय सरकारको नियमित बजेट अन्तरगत कुल २ करोड ९९ लाखमा सम्झौता गरि अर्जुन बिल्डर्स कन्ट्र्क्सन प्राली गुल्मीले जिम्मा लिएको छ २०७९/९/७ गते सम्झौता भइ २०८०/९/ ६ सम्पन्न गरिसक्नु पर्ने गरि सम्झौता गरिएको र समयमै निर्माणकार्य सम्पन्न गरिने निर्माण ब्यबसायी बिजय खनालले बताएका छन ।