प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेको छ : अध्यक्ष ओली

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीको तर्फबाट विश्वासको मत दिने बताउँदै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गर्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दलले समेत वर्तमान सरकारलाई विश्वासको मत दिने कुराले आफु अत्यन्त खुशी भएको बताउँदै प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेकोमा बधाई समेत दिनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले इतिहास दोहोर्‍याउने नभई रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशा लाग्दो भएको बताउनुभयो ।