
काठमाडौँ- संसद्मा बहुसंख्यक सांसदको विश्वासको मत हासिल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका लागि समर्थन लिने क्रममा नेपाली कांग्रेससँग कुनै सम्झौता नगरेको बताएका छन्।

२६८ जना सांसदको समर्थन हासिल गरेर विश्वासको मत पाएपछि मंगलबार प्रधानमन्त्री दाहालले संसदबाट बाहिरिँदै सञ्चारकर्मीहरुसँग भने- नेपाली कांग्रेससँग कुनै सम्झौता गरेको छैन।
नेपाली कांग्रेसका शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसीसहित ९ जना सांसदहरुले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको विरोध गरेका छन्।



