सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

 

 

Advertisement

 

आज (मंगलबार) र भोलि (बुधबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

बुलेटिनअनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

यस्तै बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा  रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार बुधबार राति प्रदेश १, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना र सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।