माओवादीको स्थायी कमिटी बैठक बस्दै , पार्टी एकताबारे पनि छलफल हुने

 

 

काठमाडौँ- आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा समसामयिक र राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघ संगठनको पुनः गठन सम्बन्धी पनि छलफल हुने बताइएको छ ।

साथै बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिका बारेमा छलफल हुनेछ ।