अर्घाखाँची , मालारानी : श्री कालिका ने.रा. माध्यमिक विद्यालय [ प्राविधिक तर्फ दोश्रो पटक] लुम्बिनी प्रदेश प्रथम 

Advertisement
-राम प्रसाद बन्जाडे , अर्घाखाची ।
अर्घाखाँची जिल्ला मालारानी-४, खनमा अवस्थित श्री कालिका ने.रा. माध्यमिक विद्यालय प्राविधिक धारतर्फ दोश्रो पटक पनि लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ ।
No description available.
लुम्बिनी प्रदेश अन्तर्गत रहेका प्राविधिक धार अध्यापन गराउने सम्पूर्ण विद्यालयहरु मध्ये मालारानी-४ खनमा रहेको श्री कालिका ने.रा. माध्यमिक विद्यालयले (१००%) शतप्रतिशत अंक प्राप्त गरि लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको विद्यालयका प्रधानाध्यापक भुवन प्रसाद खनालले बताउनुभयो ।
No description available.
प्राविधिक शिक्षा प्री-डिप्लोमा १८ महिने सिभिल इन्जिनियरिङ विषयको शैक्षिकसत्र २०७७/७८को वार्षिक परिक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये १८ जना विद्यार्थी नै उत्तीर्ण भइ लुम्बिनी प्रदेशमै प्रथम स्थान प्राप्त गर्न सफल हुनुको साथै अघिल्लो शैक्षिकसत्रमा पनि शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको थियो ।
No description available.
२०७५ सालमा विद्यालयमा प्राविधिक शिक्षा सन्चालानार्थ एक हप्ता महायज्ञ लगाई त्यसबाट प्राप्त भएको चन्दाबाट प्राविधिक शिक्षा सन्चालनको लागि पर्याप्त भौतिक संरचना र प्रयोगात्मक अभ्यासको लागि आवश्यक सामाग्री खरिद गरि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, सानोठिमी भक्तपुर बाट कक्षा सन्चालन सम्बन्धन/अनुमति प्राप्त गरेपश्चात सन्चालन गरिएको यस विद्यालयमा साधारण धार कक्षा ११/१२ तर्फ पनि जिल्लामै उत्कृष्ट नतिजा प्राप्त हुँदै आइरहेको छ ।
No description available.
CTEVT बाट मान्यता प्राप्त सामुदायिक विद्यालय कालिका ने.रा. मा.वि. मा १८ महिने प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग सम्बन्धि कक्षाहरु विगत ३ बर्ष देखि संचालन भइरहेको छ ।
No description available.
प्राविधिक शिक्षा आजको प्रमुख आवश्यकता भएको भन्दै आगामी दिनमा प्रशिक्षार्थी हरुको मागको आधारमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको कक्षा चलाउनुपर्ने आवश्यकता भएको कार्यक्रम संयोजक बसन्त चौहानले बताउनु भयो ।

अन्य समाचारहरु